राष्ट्रपति पौडेल सामूहिक तस्बिरमा
राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राष्ट्रपतिको कार्यालय शीतलमा मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधनपश्चात् मानव सेवाका पदाधिकारीसँग सामूहिक तस्बिरमा। राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापनाकालदेखि नै ‘जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने’ मानवता प्रवर्धन महाअभियानमार्फत सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताउनुभयो । सौजन्य तस्बिरः राष्ट्रपतिको सचिवलाय/रासस
प्रकाशित मिति: २१ पुस २०८१, आइतबार