सीके राउत थप १० दिन हिरासतमा रहने


 


लहान, फागुन १२

राज्य विरुद्धको संगठित अपराधअन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सीके राउतलाई थप १० दिन हिरासतमा राखिने भएको छ। जिल्ला अदालत सिरहाले राउतमाथि अनुसन्धानका लागि थप १० दिनको समय दिएको हो।

स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा माघ २० गते पक्राउ गरी सिरहा अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक माघ २१ गते पनि सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दश दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो।

राउत अहिले अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय लहानको हिरासतमा छन् । राउतलाई रिहा गर्न माग गर्दै प्रदर्शन गर्नेहरुमध्ये ८ जनालाई पनि पक्राउ गरी संगठित अपराध अन्तर्गत नै मुद्दा चलाइएको छ।

प्रहरीले सिरहाको मिर्चैया नगरपालिका ३ का रुपेश साह, सिरहा नगरपालिका ७ का विपिन यादव, सनहैठा गा.वि.स.१ राजकुमार यादव, मझौरा ९ रामशंकर यादव, सनहैठा ४ का सुरेशप्रसाद यादव, ३ का रोशनकुमार यादव र संजय यादव तथा इँटाटार २ का अशोक कुमार यादवलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिहराका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्