संविधान संशोधन गर्न एमालेसहितका विपक्षी दल लचिलो बन्दै


 


काठमाडौं, फागुन १२

नेकपा एमालेसहितका विपक्षी दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन लचिलो देखिएका छन् । मधेस केन्द्रित दल चुनावमा सहभागी हुने अवस्थामा संविधान संशोधन प्रस्ताव प्रक्रियामा लैजान एमालेसहित विपक्षी दल सकारात्मक देखिएका हुन् ।

संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दल प्रक्रिया अघि बढाउन तयार भएपनि त्यसबाट आउने परिणाम मधेसी दलले स्वीकार गर्नुपर्ने अडानमा छन् ।

यही विषयमा सहमति जुट्न नसकेपछि हिजोको संसद बैठक स्थगित भएको थियो । आजको बैठक दिउँसो ३ बजे बोलाइएको छ । आज सहमति जुटाएर संसद बैठकमा संशोधन प्रस्तावको प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्