परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं। गृहमन्त्री रमेश लेखकले परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् ।
उनले सिमितस्रोत र साधनकाबीच परिणाममुखी काम गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिए।
गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सिमितस्रोत साधनका बिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए ।
सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे।
मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाढी बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार