बझाङमा एकै रात दुई जीप दुर्घटना, पाँच जनाको मृत्यु
बझाङ, पुस १९ । बझाङमा एकै रात दुई जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
यसमध्ये तल्कोटमा जिप दुर्घटना हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ ।
तल्कोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–१ धमेनामा दुर्घटना वडा नम्बर ४ का ३६ वर्षीय बमबहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमतीदेवी धामी र उनीहरुका छोरी ६ वर्षीया आकृति धामीको मृत्यु भएको छ ।
त्यस्तै जीप चालक केदारस्यु गाउँपालिकाका ३३ वर्षीय सम्शेर मल्लको मृत्यु भएको छ । जीपमा चार जना मात्रै सवार थिए ।
त्यस्तै जिल्लाको मष्टा गाउँपालिका–१ कोटदेवलमा पनि जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको हो । जीपमा चालक मात्रै सवार थिए । जीप सडकबाट करिब सय मिटर तल खसेको छ ।
्
प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार