मेची–महाकाली अभियानमा अबरोध भए एमालेले प्रतिकार गर्छ -ओली


 


काठमाडौं, फागुन ११

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले संचालन गर्न लागेको मेची–महाकाली अभियानमा अबरोध भए एमालेले प्रतिकार गर्ने चेतावनी दिएका छन । अलोकतान्त्रिक र फासीवादी चरित्र भएका केही दलले एमालेलाई तराईबाट विस्थापित गर्ने षडयन्त्र गरिरहेको अध्यक्ष ओलीको दाबी छ ।

संसद भवन नयाँ वानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले मेची महाकाली अभियानमा एमालेका दशलाख कार्यकर्ता र ५० लाख जनतामाझ पुग्ने गरी असाधारण तयारी गरिरहेको बताए ।

एमालेले कुनै पार्टीको कार्यक्रममा बाधा नगरेको भन्दै एमालेको कार्यक्रममा व्यबधान गर्न खोजियो भने प्रतिकार गर्ने चेतावनी दिए । अध्यक्ष ओलीले स्थानीय चुनाव एमालेकै पहलमा घोषणा भएकोले चुनाव गराउन एमालेले भूमिका खेल्ने उल्लेख गरे ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्