संविधान संशोधन विधेयकलाई पारित हुन नदिने एमालेको निर्णय


 


काठमाडौं, फागुन ११

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ । संसद भवन बानेश्वरमामा आज बसेको एमाले संसदीय दलको बैठकले विधेयकलाई असफल बनाइ छाड्ने निर्णय गरेको हो ।

विधेयक पारित हुन नदिनका लागि कस्तो रणनीति अख्तियार गर्ने भन्ने निर्णय भने विपक्षी ९ दलको बैठकले गर्नेछ । ९ दलको बैठक संसद भवनमा अहिले बसिरहेको छ । दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल अघि बढाउने कार्यसूची छ ।

दलहरुबीच कुरा मिल्न नसक्दा गएको माघ २३ गतेपछि बैठक बस्न सकेको छैन । हिजोका लागि बैठक अन्तिम समयमा सूचना टाँसेर स्थगित भएको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्