संसदीय समितिको बैठकमा देउवा र प्रचण्ड सहभागी


 


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।

कांग्रेस सभापति देउवा कानुन समितिको बैठकमा र अध्यक्ष प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका हुन्।

कानुन समितिमा केही नेपाल ऐन संशोधनमा वन तथा वातावरण मन्त्रालयको विषयमा छलफल हुँदैछ ।

राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदैछ ।

संसदीय समितिमा बिरलै सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरुकै सहभागितामा आज बैठक बसिरहेको छ ।

प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्