आज ६ वटा संसदीय समितिको बैठक बस्दै


 


काठमाडौँ, पुस १८ । आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालसम्मको प्रगति, नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थिति र नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ ।

बिहान साढे ११ बजे नै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । जसमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यस्तै सोही समयमा पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्