संशोधन प्रक्रिया अघि बढ्न दिने, नदिनेबारे निर्णय गर्न एमालेको बैठक बस्दै


 


काठमाडौं, फागुन ११

संसदमा संविधान संशोधन प्रस्ताव विधेयक अघि बढाउन दिने नदिनेबारे एमालेले बुधबार निर्णय गर्दैछ । बिहान ११ बजे संसदीय दलको बैठक र त्यसपछि विपक्षी नौ दलको बैठक बस्ने एमालेले जनाएको छ ।

संविधान संशोधनप्रति असहमित जनाउँदै एमालेले यसअघि संसद बैठक अवरुद्ध गर्दै आएको छ । तर चुनावको मिति घोषणा भएपछि संशोधन प्रक्रिया अघि बढाउन एमाले लचिलो हुने विश्वास गरिएको छ ।

मंगबालर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको  सर्वदलीय बैठकमा एमालेले संशोधन प्रक्रिया अघि बढाउन दिने तर, प्रस्ताव पास वा फेल जे भए पनि त्यसलाई मधेसी दलले स्वीकार गर्नुपर्ने सुनिश्चितता हुनुपर्ने बताएको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्