दुर्घट्नामा एक जनाको मृत्यु


 


सर्लाही, फागुन ११

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको ना ४ ख ५२५४ नम्बरको बसले गोरु गाडालाई ठक्कर दिँदा हरिवन नगरपालिका–१० का चुनबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्