संशोधन प्रक्रिया अघि बढाउने सरकारको तयारी


 


काठमाडौं, फागुन ११

सरकारले संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया बुधबारदेखि संसदमा अघि बढाउने भएको छ । संशोधन विधेयकमा दलहरुबिच सहमति नभएपनि सरकारले असहमतिकैबिच प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

चुनावको मिति घोषणा भैसकेकाले संशोधन प्रक्रिया अघि बढाउन दिनेबारे एमाले पनि केही लचिलो भएको छ । दैनिक कार्यसूचीमा संविधान संशोधनसम्बन्धी प्रस्ताव समावेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरू बिच कुरा नमिल्दा मंगलबारको संसद बैठक स्थगित भएको थियो ।

बुधबारको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । झण्डै दुई हप्तापछि संसद बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्