नवनियुक्त ५ देशका राजदूतहरुले राष्ट्रपति पौडेल समक्ष लिए शपथ


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ५ देशका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराए।

प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा। नेत्रप्रसाद तिम्सिना मलेसिया र प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त भएका थिए ।

त्यस्तै,सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्