नयाँ भन्सार ऐन ल्याइँदै, कर्मचारीको तजबिजी अधिकार हट्ने
काठमाडौं । कर्मचारीको तजबिजी अधिकारलाई अंकुश लगाउँदै नयाँ प्रविधिमैत्री रूपमा आएको भन्सारसम्बन्धी नयाँ कानुन आउने भएको छ ।
प्रतिनिधिसभामा गत वर्ष नै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले दर्ता गराएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि अर्थ समितिमा सैद्धान्तिक छलफल भएसँगै यो कानुन आउने सम्भावना बढेको हो ।
अहिले देशको सम्पूर्ण भन्सार प्रशासन भन्सार ऐन, २०६४ को प्रावधानअनुसार चलिरहेको छ । २०६४ को ऐन आउनुभन्दा पहिले नेपालले भन्सार एजेन्टको योग्यता तोकेको थिएन ।
अहिले सदनमा विचाराधीन रहेको विधेयकमा भन्सार प्रक्रियालाई पारदर्शी बनाउने डिजिटलाइजेसन गर्ने लगायतका कुराहरू समेटिएको छ ।
प्रकाशित मिति: १७ पुस २०८१, बुधबार