स्विट्जरल्यान्डमा आजदेखि बुर्का लगाउन नपाइने


 


एजेन्सी । स्विट्जरल्यान्डमा आजदेखि सार्वजनिक स्थानमा हिजाब तथा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ ।

सन् २०२१ मा स्विट्जरल्यान्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए ।

त्यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानून बनेको थियो । जुन आजदेखि लागु भएको हो । अब सो कानूनको उल्लंघन गरे एक लाख ५१ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

स्विट्जरल्यान्डभन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड र बुल्गेरियाले यस्तै कानुन बनाइसकेका छन् ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्