बसले किचेर ड्युटीमा रहेका सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु


 


काठमाडौं, पुस १७ । सर्लाहीमा तीब्र गतिको यात्रुवाहक बसले किचेर ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ ।

जिल्लाको बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा मंगलबार राति पौने ९ बजे यात्रुवाहक बसले किचेर इन्सपेक्टर विजयकुमार तुलाधरको मृत्यु भएको हो ।

उक्त बस अनियन्त्रित भएर पल्टिएदा इन्सपेक्टर तुलाधर किचिएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्