आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु


 


काठमाडौँ, पुस १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ ।

यस्तै राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्