आज ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै


 


काठमाडौं, पुस १७ । आज (जनवरी १) ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ ।

नेपाली युवाहरूले विगत नौ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका हुन् ।

मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा आजका दिन धेरैले नेपाली टोपीसहित राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्