नेपाल टेलिकमद्वारा वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण
नेपाल टेलिकमद्वारा वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेकाे छ ।
टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये Access Code १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हाे।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई सोमबार राती १२:०० बजेदेखि लागु हुनेगरी Access Code १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको हो ।
यसका साथै Access Code १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १६ पुस २०८१, मंगलबार