आज संसदका दुई समितिको बैठक बस्दै
काठमाडौँ, पुस १६ । संघीय संसद् अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न बिहान ११ बजे बस्न लागेको हो ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बोलाइएको छ ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १६ पुस २०८१, मंगलबार