लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै


 


काठमाडौं, पुस १६ । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरू हुँदैछ ।

प्रदेश सरकारले प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो ।

प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए ।

उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ ।

हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ ।

यसअघि चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।

प्रकाशित मिति: १६ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्