स्थानीय तहको चुनावको मिति घोषणा सकारात्मक छ-ओली


 


काठमाडौं, फागुन १०

एमाले अध्यक्ष केपी ओलीले सरकारले गरेको स्थानीय तहको चुनावको मिति घोषणालाई सकारात्मक भनेका छन् । पार्टीको मेचि–महाकाली अभियानको उद्घाटनवारे जानकारी दिन पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

चुनाव घोषणापछिको यो उनको पहिलो प्रतिक्रिया हो । ‘स्थानीय तहको चुनावको मिति घोषण भएको छ, यो सकरात्मक कुरा हो ।’ ओलीले छोटो प्रतिक्रिया दिँदै भने । एमालेले यस अघि सरकारलाई चुनाव घोषणाको लागि दवाव दिँदै आएको थियो ।

एमालेले २१ गतेदेखि हुने मेची महाकाली अभियान सम्पन्न गर्नको कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय समिति बनाइएको छ ।

एमालेले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संविधान कार्यान्वयनका लागि यही फागुन २१ गतेबाट मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्