प्रधानमन्त्रीले बोलाए सर्बदलिय बैठक


 


काठमाडौं, फागुन १०

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलिय बैठक डाकेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बोलाएका छन् ।

सरकारले स्थानीइ तहको निर्वाचनको मिति घोषणा गरिसकेपछिको परिस्थितीका बारेमा छलफल गर्न उनले बैठक बोलाएका हुन् ।

उनले बैठकमा सबै दलका नेताहरुलाई स्थानीय चुनाव सफल बनाउनको लागि अपिल समेत गर्ने छन् । सरकारले हिजो राति वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको घोषणा गरेको हो ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्