तीन लाख घुससहित शाखा अधिकृत पक्राउ


 


काठमाडौँ, पुस १५ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुसहित पक्राउ गरेको हो ।

प्रसाईंलाई सेवाग्राहीबाट रु तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: १५ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्