अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने, माघमा निर्वाचन


 


काठमाडौं, पुस १५ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लागू हुने भएको छ ।

अखिल (क्रान्तिकारी)मा बहुमत सदस्यले नेतृत्व चयनमा उमेर हद लागू गर्ने पक्षमा उभिएका हुन् ।

अखिल (क्रान्तिकारी)का प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने भएको हो ।

उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । अब भने ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: १५ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्