आज पनि घट्यो सुनको भाउ


 


काठमाण्डौ, फाल्गुन १०

आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनहिजो तोलाको ५५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउमा भने कुनै परिवर्तन आएको छैन । चाँदी आज पनि तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्