विदेशबाट आएका थप एक नेपालीमा मङ्किपक्स पुष्टि


 


काठमाडौं, पुस १५ । विदेशीबाट आएका थप एक नेपालीमा मंकिपक्स पुष्टि भएको छ ।

साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा मंकिपक्स सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराए ।

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किनुभएको थियो ।

यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्किपक्स सङ्क्रमण पुष्टि भएको थियो ।

मङ्किपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।

प्रकाशित मिति: १५ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्