भ्रष्टाचार रोक्न तत्काल नोटबन्दी गर्नुपर्छ : धनराज गुरुङ


 


धनुषा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचार रोक्न तत्काल नोटबन्दी गर्नुपर्ने बताएका छन् ।

कांग्रेस महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन्।

उनले घुसखोरी र कमिसनखोरी न्यूनीकरण गर्न ५ सय र १ हजारका नोट तत्काल बन्द गर्नुपर्ने बताए । देशको आर्थिक अवस्था जर्जर भएर लोकतन्त्र खतरामा रहेको उनको भनाइ छ ।

सुशासन कायम हुन नसक्ने र देश बन्न नसक्ने भएकाले दोस्रो पाइलाका रूपमा देशमा चलनचल्तीमा रहेका ठूला नोट तुरुन्त बन्द गरिनुपर्ने उनको धारण छ।

सुशासनका लागि सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन तथा शुद्धिकरण गरिनुपर्ने पनि उनले बताए ।

देशमा घूसखोरी, कमिसन र भ्रष्टाचार मौलाएको अवस्थामा देशको आर्थिक अवस्था खुकुलो भएको उनले बताए ।

वर्तमान अवस्थामा विकासको परिकल्पना गर्न नसकिने र अर्थतन्त्र बलियो नभए लोकतन्त्र बलियो नहुने पनि उनले बताए ।

प्रकाशित मिति: १४ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्