व्यवस्थापिका संसदको बैठक बस्दै


 


काठमाडौं, फागुन १०
लामो समयको स्थगन पछि आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक राजनैतिक वातावरण निर्माणका लागि भन्दै संसद बैठक १६ दिनका लागि स्थगित भएको थियो ।

सभामुख ओनसरी घर्ती मगरले आजको बैठकको एजेन्डा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरे पछि मात्रै तय गर्ने र छलफलको एजेन्डा लाई अन्तिम रुप दिने तयारी भएको छ । बैठकको एजेन्डालाई अन्तिम रुप दिनु भन्दा पहिले सभामुख घर्तीले प्रमुख आठ दलका सचेतकसँग मध्यान्ह १२ बजे पछि छलफल गर्दै छिन ।

यद्यपी आजको बैठकमा संविधान संशोधनका विषयमा छलफल गर्ने सम्भावित कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ । मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउने दलहरुविच सहमति जुटे यस विषयमा छलफल अघि बढ्ने छ । यद्यपी संविधान संशोधन विधेयक अघि बढाउन नदिने मा एमाले सहित नौ दलीय प्रतिपक्षी मोर्चाको अडान कायमै छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्