दक्षिण कोरियामा धावनमार्गमा चिप्लिएर विमान दुर्घटना


 


काठमाडौं, पुस १४ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ यात्रु सवार विमान दुर्घटना भएको छ ।

विमान अवतरणका क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाग्रस्त विमानको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा धुवाँ निस्किएको देख्न सकिन्छ ।

दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ । चराहरूसँग विमान ठोक्किएर दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: १४ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्