पूर्वराजा शाह परिवारसहित भारत भ्रमणमा, उच्च नेतासँग भेट्दै
काठमाडौं, पुस १४ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत भ्रमणमा गएका छन् ।
पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित उनी उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणा मान्न लखनउ गएका हुन् । पूर्वराजा ज्ञानेन्द्र परिवारको उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको बताइएको छ ।
पूर्वराज शाह भारतमै अंग्रेजी नयाँ वर्ष मानेर पुस १९ गते नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्रीलगायत भारतका उच्चस्तरीय नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मंसिर १७ गतेबाट कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्किएका शाहले भारतबाट फर्कनासाथ पुस २८ गतेबाट लुम्बिनी प्रदेशको भैरहवा पुग्ने कार्यक्रम छ ।
प्रकाशित मिति: १४ पुस २०८१, आइतबार