तीन विश्वविद्यालयका उपकुलपतिहरुले लिए शपथ


 


काठमाडौं । विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको शपथ लिए।

प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरे ।

प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्