रवि लामिछानेसँग आज पनि बयान लिइने


 


काठमाडौं, पुस १२ । सहकारी ठगी प्रकरणका आरोपी पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामीछानेको बयान आज पनि लिइँदै छ ।

कास्की जिल्ला अदालतमा लामिछानेको हिजोदेखि बयान लिन सुरु गरिएको भएपनि नसकिएपछि आज पनि जारी रहेको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएको अदालतका सुचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पहिले १९ जना र अहिले ४४ गरी जम्मा ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ ।

सोमबारदेखि बयान लिने क्रम सुरु भएकोमा अहिलेसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशी र लिला पछाईंको मात्र बयान सकिएको छ ।

अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङको बयान क्रमशः हुनेछ ।

प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्