यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, पुस १२ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ५८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

स्वीस फ्र्याङ्क १ को खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्