अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना


 


काठमाडौँ, पुस १२ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने छ ।

शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान हल्का हिमपात हुनेछ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू–भागमा हल्का वर्षा हुने विभागले जनाएको छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा दिउँसो मुख्यतया मौसम सफा रहने छ भने पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

राति हिमाली क्षेत्रमा साधारणतया बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अन्य प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्