आज पनि घट्यो सुनको भाउ


 


काठमाण्डौ, फाल्गुन ९

आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनहिजो तोलाको ५५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ८ सय २५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्