ताइवानमा राष्ट्रपतिका पूर्वउमेदवारमाथि भ्रष्टाचार अभियोग
तोइपेई । ताइवानका उदीयमान राजनीतिज्ञ तथा गएको राष्ट्रपति निर्वाचनका उम्मेदवार को वेन–जेमाथि भ्रष्टाचार अभियोग चलाइएको छ ।
६५ वर्षका नेतामाथि ताइपेई शहरको मेयर भएको समयमा घरजग्गा कारोबारमा ५ लाख डलर घुस लिएको आरोप छ । जनवरीमा राष्ट्रपतिको रूपमा लड्दा चुनावी अभियानको खर्च गलत देखाएको आरोप पनि उनीमाथि लागेको छ ।
अभियोजनहरूले बिहीबार अभियोग चलाउँदै उनलाई साढे २८ वर्षको जेल सजाय दिलाउन खोजिरहेका छन् । कोमाथि अभियोग चलाएपछि उनको दल ताइवान पिपुल पार्टी (टीपीपी)को राजनीतिक आन्दोलनलाई ठुलो धक्का लागेको छ । उनको पार्टीलाई मतदाताहरूले सत्तारुढ डेमोक्रेटिक पिपुल्स पार्टी र मुख्य प्रतिपक्ष दल
आफूमाथि लागेको आरोप कोले खण्डन गरेका छन् । सेप्टेम्बरमा पक्राउ परेयता को हिरासतमा छन् । अभियोजन चलाइएका ११ जनामा को पनि भएको बिहीबार अभियोजनहरूले बताएका थिए । राजनीतिक दान दुरुपयोग गरेको भन्दै टीपीपीका अन्य सदस्यहरूलाई पनि मुद्दा चलाइएको छ ।
प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार