राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै


 


काठमाडौं, फागुन ९
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चुन्न मतदान गरिंदैछ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराए । अध्यक्षमा कमल थापा र प्रदिप विक्रम राणाले उम्मेद्वारी दिएका छन् ।
थापाको प्रस्तावमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र समर्थकमा पशुपतिशम्शेर राणा छन् । यस्तै प्रदिप विक्रम राणाको प्रस्तावकमा उमेशध्वज कुँवर र समर्थकमा शंकर बोहरा छन् । कमल थापाविरुद्ध उम्मेद्वारीको घोषणा गरेका डा। प्रकाशचन्द्र लोहनी भने अन्तिम समयमा पछि हटे ।

थापालाई अध्यक्ष बनाउने सहमति भएको केही समयमै लोहनीले उम्मेद्वारी दिने घोषणा गरेका थिए । महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ । संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ ।

महाधिवेशनले अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्