पश्चिम नेपालमा वर्षा र हिमपात, कहाँ कस्तो छ मौसम ?


 


काठमाडौं, पुस १० । हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसले गर्दा आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा र कोशी, बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा भने सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ । यस्तै, पहाडी र तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १० पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्