दार्चुलामा भूकम्पको धक्का महसुस


 


धनगढी । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो ।

पछिल्लो समय सुदूरपश्चिम आसपास केन्द्र बनाएर भूकम्प जाने क्रम बढेको छ ।

प्रकाशित मिति: १० पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्