नेकपा एमाले सचिवालय बैठक बस्दै
काठमाडौं, पुस १० । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
बैठक केन्द्रिय कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो । बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्ने बताइएको छ ।
सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्नेछ ।
प्रकाशित मिति: १० पुस २०८१, बुधबार