यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


 


काठमाडौँ, पुस १० । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १० पैसा रहेको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २७ पैसा तोकिएको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा तोकिएको छ ।

त्यस्तै क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: १० पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्