अब पेट्रोल पनि पाइप लाइनबाट आयात हुने, परीक्षण सफल


 


काठमाडौँ, पुस ९ । आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ ।

यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको हो । नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको जनाएको छ । मोतीहारी अमलेखगन्ज पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणमा पाइप लाइनबाट पेट्रोल ल्याउन लागिएको हो ।

निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले पाइप लाइनबाट पेट्रोल ल्याउन परीक्षण सफल भएकाले आगामी जनवरीको पहिलो सातादेखि पेट्रोल ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । गारखापत्र

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्