रास्वपाले बोलायो सचिवालय बैठक, कार्यवाहक सभापति तोक्ने तयारी


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको हो।

कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्ने रास्वपा स्रोतले बतायो ।

आज दिउसो ४ बजे बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने बताईएको छ।

बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्नेछ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्