आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारी


 


काठमाडौं। काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभाग गृह मन्त्रालयबीच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा.दिपक कुँवरबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

अब गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटानालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने गृहमन्त्री रमेश लेखकले बताए ।

गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे।

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्यायन र अनुसन्धान गर्ने उनको भनाइ छ ।

आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारीपत्रमा उल्लेख छ ।

मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने गृहमन्त्री लेखकले बताए । आत्महत्या नियन्त्रण र न्यनीकरण सम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए।

केही समयपछि आत्महत्यासम्बन्धी एउटा एप विकास गरेर सबै कुरालाई एपमा जोड्ने योजना रहेको पनि उनको भनाइ छ । आत्महत्या न्यूनीकरणबारे तीन महिनमा आवधिक मल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए।

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्