सामाजिक अभियान्ता सुनिता दनुवारको निधन
काठमाडौं, पुस ८ । मानव बेचबिखनविरुद्ध सक्रिय अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।
जोरपाटीस्थित आफ्नै निवासमा अचेत अवस्थामा भेटिएकी उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो ।
दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।
प्रकाशित मिति: ८ पुस २०८१, सोमबार