कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, पुस ८ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ।

युरो १ को खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा रहेको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

स्विस फ्र्याङ्क १ को खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्