भ्रष्टाचारविरोधी अभियन्ता नै सहकारी ठगी आरोपमा पक्राउ
काठमाडौँ, पुस ८ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने भरत जंगम सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छन् ।
सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई आइतबार नियन्त्रणमा लिइएको काठमाडौँका एसएसपी बसन्त रजौरले बताए ।
उनका अनुसार जंगमको सहकारी कनेक्सन बानेश्वरस्थित साई स्वागत सहकारी हो । उनी सोही सहकारीका पूर्व अध्यक्ष हुन् ।
सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो ।
प्रकाशित मिति: ८ पुस २०८१, सोमबार