आजदेखि पश्चिम नेपालमा हिउँदे वर्षा हुने


 


काठमाडौं, पुस ८ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

तराईलगायत पहाडी भू–भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको दोस्रो हिउँदे वर्षा आज (सोमबार) रातिदेखि हुने सम्भावना छ । हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यो वर्षा पनि हल्का हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना छ ।

हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्