तीनवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
काठमाडौं ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा.डा.वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गर्नुभएको हो ।
छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।
प्रकाशित मिति: ७ पुस २०८१, आइतबार